शरद् छेत्रीको खण्डकाव्यकारिता

Loading...
Thumbnail Image

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधको मुख्य विषय शरद् छेत्रीको खण्डकाव्यकारिता हो । शरद् छेत्री (जीवनकाल ः २० जून सन् १९४७–४ जुलाई २०१२) नेपाली साहित्यका कविता, नाटक, आख्यान तथा निबन्ध जस्ता चारवटै विधाका कृतिहरूको सृजनामा सिद्धहस्त देखिन्छन् तापनि एक प्रयोगवादी आख्यानस्रष्टा, नाट्यस्रष्टा र कुशल कविका रूपमा नै उनले विशेष ख्याति प्राप्त गरेका छन् । चोइटिएको आकाश मक्किएको चेतना, कविता खोज्दै शरद् शरद् खोज्दै कविता र आवेग अन्तर्मनका कवितासङ्ग्रह र पर्यटन, कुनै अग्लो रुख नभएको देश र महानिशा जस्ता खण्डकाव्यका रचनाद्वारा शरद् छेत्रीले एक कवि तथा खण्डकाव्य स्रष्टाका रूपमा गरेको योगदान पनि साहित्यिक मूल्यका दृष्टिले महइभ्वपूर्ण देखिन्छ । यी सबै कुराका सन्दर्भमा उनको खण्डकाव्यकारितालाई मुख्य अध्ययनीय विषय बनाई यो शोध गरिएको छ । प्रस्तुत शोधको शीर्षकमा रहेको ‘खण्डकाव्यकारिता’ शब्दको तात्पर्य साहित्यिक विधा कविताको लघु रूपभन्दा दीर्घतर र बृहत् रूपभन्दा लघु आकृतिको देखिने अनि जीवनजगत्का क्षण वा समग्रताका सट्टा खण्डविशेषलाई विषय बनाई वा मुक्तलयमा रचिने खण्डकाव्यमा निहित विषयगत, भावगत, विचारगत, भाषाशैलीगत, विम्बगत, प्रतीकगत, उक्तिगत आदि प्रवृत्तिको समग्रता हो । त्यसैले यस शोधको मुख्य विषय शरद् छेत्रीको त्यही खण्डकाव्यकारिता हो जुन उनले रचेका पर्यटन, कुनै अग्लो रुख नभएको देश र महानिशा जस्ता तिनवटा खण्डकाव्यका प्रवृत्तिगत समग्रताबाट निर्मित भएको छ । २. समस्या कथन साहित्यकार शरद् छेत्रीले कविता, नाटक, आख्यान र निबन्ध जस्ता साहित्यिक विधाका कृतिहरू रची जुन बहुमुखी साहित्यिक योगदान गरेका छन् त्यो प्राज्ञिक शोधका दृष्टिले महइभ्वपूर्ण र अध्ययनीय विषय बनेको छ । उनले रचेका पर्यटन, कुनै अग्लो रुख नभएको देश र महानिशा जस्ता खण्डकाव्यबाट स्थापित उनको खण्डकाव्यकारिता पनि विशिष्ट किसिमको देखिन्छ र त्यसैले त्यो पनि प्राज्ञिक रूपमा शोध विषय हो भन्ने ठह¥याई खष्ष्ष् यो शोध गरिएको छ । यस शोधको मुख्य शोध्य समस्या शरद् छेत्रीको खण्डकाव्यकारिता के कस्तो देखा पर्छ भन्ने प्राज्ञिक जिज्ञासा नै हो भने यस शोध समस्याको वस्तुगत रूपमा प्रामाणिक किसिमले प्राज्ञिक समाधान पहिल्याउन प्रस्तुत शोधमा निम्नलिखित शोध प्रश्नसँग सम्बद्ध तथ्यहरूको विश्लेषण गरिएको छ र सोही आधारमा मुख्य शोध समस्याको प्राज्ञिक समाधान दिइएको छ।

Description

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली विषयमा विद्यावारिधि उपाधिको प्रयोजनका लागि प्रस्तुत शोधप्रबन्ध, २०६९

Citation

Endorsement

Review

Supplemented By

Referenced By